मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ

Ujyalosandeshonline 12442+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

भक्तपुर । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाइलीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयुष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । 

नगरकोट रोडमा सोमबार राति करिब १०ः०० बजे विवाद भएपछि रसाइलीलाई चक्कु प्रहार गरी फरार भएको र घटनापछि पुगेको प्रहरीले उपचारका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा लगेकामा आज बिहान उपचारकै क्रममा मृत्यु भएको थियो । प्रहरीले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसान्धन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार