मुख्य समाचार
बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन |

मर्चवारको अवस्था बदल्न मत बदल्नुपर्छ : रास्वपा उम्मेदवार कन्हैया बनिया

Ujyalosandeshonline 12389+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कन्हैया बनियाले मर्चवारको अवस्था परिवर्तन गर्न यसपटक मतदाताले आफ्नो मत परिवर्तन गर्नु अपरिहार्य रहेको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका बनियाले चुनाव लक्षित घरदैलो अभियानका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। विगतमा सामन्तवादी र पुँजीवादी शक्तिहरू पटक–पटक निर्वाचित भए पनि मर्चवारलाई सधैं ओझेलमा पारिएको र पिछडिएको क्षेत्रको पहिचान मात्र दिइएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो।

मर्चवारबाट चुनाव जितेर बाहिर बस्ने नेताहरूले यहाँको वास्तविक पीडा कहिल्यै नबुझेको उहाँको तर्क छ। सडक आन्दोलनको सट्टा अब वैचारिक आन्दोलनको खाँचो रहेको औंल्याउँदै उम्मेदवार बनियाले भन्नुभयो, “पटक–पटक भएका सडक आन्दोलनमा धेरै युवाहरू शहीद भए र केही परिवर्तन पनि भयो। तर, अब सडकबाट होइन, मतबाट आन्दोलन गरी आफ्नो भोट परिवर्तन गर्दै समाज परिवर्तन गर्ने समय आएको छ।”

उहाँले मतदातालाई बिचौलियाको कुरा नसुन्न आग्रह गर्दै आफ्ना छोराछोरी र परिवारको सल्लाहमा मतदान गर्न अनुरोध गर्नुभयो। अबको प्रधानमन्त्री बालेन्द्र शाह हुने दाबी गर्दै बनियाले समग्र मर्चवारवासीको जितका लागि 'घण्टी' चुनाव चिह्नमा मतदान गर्न अपील गर्नुभयो । रुपन्देही क्षेत्र नं. ४ का नागरिकहरू अब राजनीतिक रूपमा सचेत भइसकेको र सत्य–गलत छुट्याउन सक्षम रहेको उहाँको भनाइ छ। अब यहाँका जनता कसैको भ्रममा नपर्ने दाबी गर्दै उम्मेदवार बनियाले देशको समग्र नीति परिवर्तन गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको कुरामा जोड दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार