मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

रासस 460+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

ढोरपाटन (बागलुङ) । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो । तर यस वर्ष यो याममा पनि पर्यटकको चलहपहल छ । बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ ।

गत वर्ष पनि यतिबेला ढोरपाटन सुनसान नै थियो । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो । चिसो याममा पनि पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित छन् । अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो ।

पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङख्या उल्लेख्य रहेको भन्दै हिउँद याममा पनि पर्यटकको चहलपहल भएको पहिलोपटक भएको उहाँको भनाइ छ । यो सिजनमा शुक्रबार र शनिबार करिब दुई सय र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताउनुभयो । यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उहाँको भनाइ छ ।

“गत वर्ष यो बेला त सुनसान नै भएको थियो, तर यसपालि दैनिकजसो पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न आउने गर्दैनन्थे”, अध्यक्ष अदैले भन्नुभयो, “अब त विस्तारै सडक पनि राम्रो हुँदैछ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ ।”

एक दशक अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो । तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला जानेको सङ्ख्या पनि उस्तै छ । होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडो याममा पर्यटक आउन थालेको बताउनुभयो । टाढादेखि आउने पर्यटकले अग्रिम कोठा ‘बुकिङ’ गर्ने गरेको उहाँको भनाइ छ ।

नवलपुरदेखि घुम्न आउनुभएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताउनुभयो । जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनको मनमोहक तस्बिर तथा भिडियो देखेकाले घुम्न आएको उहाँले सुनाउनुभयो । यो सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उहाँले सुझाउनुभयो ।

जाडोका कारण स्थानीय बोबाङ, अधिकारीचौर र निसीखोला झरेका छन् । उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिने गर्छन् । पोहोर सालसम्म पर्यटकको आगामन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे । तर अहिले त्यस्तो अवस्था छैन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए  । तर अहिले ढोरपाटन उपत्यकामा मात्र करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार