मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |

बाढीपीडितले प्रचण्डलाई भने : अभिभावकत्व गरिदिनुस्

Ujyalosandeshonline 11306+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् । 

ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् । पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन  सहज बनाइदिन आग्रह गरे।

पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको बिरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताए ।

जनजीवन सहज बनाएर सबै पीडितलाई दशै मनाउन सक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरु पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताए । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उहाँले सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार