मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सरकार जनताको अपेक्षा पूरा गर्न असफल, देश बहुआयामिक संकटमा : महासचिव भट्ट

Ujyalosandeshonline 12614+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले मुलुक बहुआयामिक संकटको भुमरीमा फस्दै गएको चिन्ता व्यक्त गर्नुभयो ।

महासचिव भट्टले जेन–जी आन्दोलनको उदय, संसद विघटन लगायतका घटनाक्रमले राज्यसत्तामाथि संकट थपिएको बताउनुभयो । उहाँले बढ्दो वैदेशिक चलखेल, संस्थागत भ्रष्टाचार, सहकारी ठगी प्रकरण, तीव्र गतिमा भइरहेको युवाशक्ति पलायन र कमजोर बन्दै गएको राष्ट्रिय अर्थतन्त्र जस्ता गम्भीर विषयहरूलाई सरकारले नजरअन्दाज गरेको टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चा सधैं जनताको पक्षमा उभिएर काम गरिरहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर केसी, केन्द्रीय सदस्य झविलाल थापा, सागर केसी लगायतले मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम पन्थी सुनारको सञ्चालनमा भएको सो जागरण सभामा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार