मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु

Ujyalosandeshonline 12334+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौं । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । 

‘आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो ।

अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ । तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन । त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार