मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

रासस 719+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

झापा (भद्रपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताउनुभयो । अध्यक्ष ओली यसअघि २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।

निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार हालसम्म निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफ्नो मनोनयन दर्ता गराइसक्नुभएको छ । शाह यसअघि काठमाडौँ महानगरपालिकाकाको प्रमुख हुनुहुन्थ्यो । नगरप्रमुखबाट राजीनामा दिएर शाह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा उम्मेदवार बन्नुभएको हो ।

सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल फर्स्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहित आठ जनाको मनोनयन दर्ता भइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार