मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ असार २०८२, सोमबार

रुपन्देही । रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रतिनिधि सभा सदस्य दिपक बोहराको मिति २०८१।१२।१९ मा निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन गर्न मिति तय गरेको हो । 

आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित माननीय प्रतिनिधि सभा सदस्य श्री दिपक बोहराको मिति २०८१।१२।१९ मा निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य पद एक रिक्त भएको भनी संघीय संसद सचिवालयको पत्र संख्या ०८१।०८२, च.नं. ४६, मिति २०८१।१२।३१ को पत्रबाट आयोगलाई जानकारी प्राप्त भएको थियो।

प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रतिनिधि सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानूनी व्यवस्था रहेको छ। उपरोक्त व्यवस्था बमोजिम निर्वाचन आयोगको मिति २०८२।०३।१६ गते बसेको बैठकले  प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पद एकको लागि मिति २०८२।०७।१७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।’ 

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ । साथै उक्त क्षेत्रलाई केन्द्रीत मतदाता नामावाली संकलन पनि स्थगित भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार