मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न सकिएन : पूर्वमन्त्री शर्मा

Ujyalosandeshonline 12618+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादीका सचिव एवं पूर्वशिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको बताए । 

उनले भने ‘हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण नीतिले गर्छ । यदि शिक्षा नीति नै गलत छ वा सही शिक्षा नीति छैन भने परिणाम राम्रो आउँदैन । आज हामी चुकेको कारण आफ्नो राष्ट्रिय शिक्षा नीति नभएर हो ।’

आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले त्यो राजनीतिक परिस्थितिका कारणले सफल नभएको बताए । 

उनले भने, ‘नीतिगत रुपमा नेपालको माटो, भूगोल, इतिहास, नेपालको संस्कृति, संस्कार र नेपालमै बस्नुपर्छ । माटोको माया गर्नुपर्छ भन्ने कुरा विद्यार्थीहरुको कलिलो दिमागमा हाल्न सक्नुपर्छ ।’

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ । यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जिम्मेवार निकायहरुले आ–आफ्नो ठाउँमा सही जिम्मेवारी निर्वाह नगर्दा देशको शैक्षिक उपलब्धी खस्कँदो अवस्थामा पुगेको बताए । 

उनले अब एकले अर्कोलाई दोष दिनेभन्दा पनि बिग्रिएको ठाउँबाट सुधारको प्रयास थाल्नुपर्ने बताए ।हिसानका अध्यक्ष रमेश सिलवालले तीन वर्षको नतीजालाई तुलनात्मक रुपमा हेर्दा कक्षा १२ को परीक्षाफल राम्रो रहेको बताए । 

साथै, उनले एकपटक फेल भएको विद्यार्थी पछिल्लो वर्षमा पास हुन धेरै गाह्रो रहेको बताउँदै दुई विषयमा फेल भएका विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने गरी व्यवस्था गर्नुपर्ने बताए । एसईईमा फेल भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुने व्यवस्था मिलाइएको विषयतर्फ केन्द्रीत हुँदै उनले अब कक्षा १२ फेल भएका करिब ४७ प्रतिशत विद्यार्थीले पनि सो माग राख्नसक्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार