मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

दुरागाउँमा एकीकृत बस्ती बन्यो, बस्ने मान्छे भएनन्

Ujyalosandeshonline 12320+ समाचार ( )
२० जेठ २०८२, सोमबार

रामेछाप । २०७२ सालको विनाशकारी भूकम्पमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुगागाउँले निक्कै क्षति बेहोर्नु प¥यो । भूकम्पले अधिकांश घर भत्किए । मानिसहरू घर भित्रै पुरिए । घर मात्रै भत्किएनन्, गाउँ नै छिया–छिया भयो । जमिन फुटेर धुजा धुजा भयो । 

भूकम्पको कारण जमिन फाटे पछि थापाडाँडा लगायतको क्षेत्र बस्ती बस्नै नहुने भयो । कतिवटा घरका मझेरी नै चर्किए । कतिका बारिका काल्नाहरु फाटे । गाउँकै सबैभन्दा ठुलो एकचक्ला जमिन भएको ठुलो पाटो जहाँ हिउँदमा युवा र केटाकेटीहरू फुटबल खेल्थे त्यो पाटो समेत धुजा धुजा भएर फाट्यो । 

स्थानीयको घरको छेउमा जमिन धसिएर भिर बन्यो । पुरै पाखो नै बग्यो । त्यस्तो ठाउँमा मानववस्ती बसाउने कुरा सम्भव नै थिएन । त्यसैले सो बस्तीलाई अन्यत्र सार्नु पर्ने भयो । राज्यले नै जग्गा समेत खरिद गर्ने पैसा दिएर तलको बस्तीलाई माथि थापाडाँडामा सा¥यो । थापाडाँडामा एकीकृत बस्ती बन्यो । 

एकीकृतवस्तीमा एकै खालका २३ वटा घर बने । एकैनासका घर, निलो टिनको छाना । चिटिक्क परेको बस्ती बन्यो । एकीकृत बस्ती त बन्यो तर बस्तीमा बस्ने मानिसहरू भएनन् । राज्यले ठुलो लगानी गरेर बनाएको सो बस्ती खाली छ । बस्तीमा पुग्दा सुनसान देखिन्छ । 

एकीकृत बस्तीका केही घरमा मात्र मानिसहरू छन् । बाँकी सबै खाली छन् । ‘२३ वटा घर मध्ये जम्मा ५–६ घरमा मात्रै मान्छे छन्, अरू घर सबै खालि छन्’, लिखु तामाकोशी गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपकुमार तामाङ भन्छन् । 

अरू घर किन खाली भए त ? ‘धेरै मानिसहरु माथि आउनै मानेनन् उनीहरू तलकै घरमा बस्छन्, जग्गा, जमिन त्यतै छ, बस्तुभाउ त्यतै छन्, उनीहरू माथि आउन नै मानेनन्, कहीँ मानिसहरू काठमाडौं बस्छन्, उनीहरू गाउँमा आउने कुरै भएन, जुन उद्देश्यले एकीकृत बस्ती बन्यो, त्यस अनुसार प्रयोगमा आउन सकेन’, प्रदीपले भने । सरकारले एकीकृत बस्तीको लागि ठुलो रकम खर्च ग¥यो तर त्यसको प्रयोग नहुँदा एकातिर राज्यको लगानी त्यतिकै खेर गएको छ भने अर्कोतिर नागरिकहरू असुरक्षित ठाउँमा नै बस्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार