मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |
मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |


रोटरी क्लब अफ रेसुंगा गुल्मीले डाइरेक्टी (पुस्तक) विमोचन

मनु सुनार 39+ समाचार ( )
४ असार २०८१, सोमबार

गुल्मी । रोटरी क्लब अफ रेसुंगा गुल्मीले डाइरेक्टी (पुस्तक) विमोचन गरेको छ । रोटरी क्लब अफ रेसुंगा गुल्मीले स्थापनाको छोटो समयमै गरेका सामाजिक तथा सेवामूलक कार्यहरु र क्लबको परिचय समावेश गरिएको पुस्तक विमोचन गरिएको हो । 

सदरमुकाम तम्घासमा सोमबार भएको क्लबकोे १९ औं नियमित बैठकको अवसरमा क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठ, प्रमुख अतिथि रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, रोटरी क्लब अफ रेसुंगाका जन्मदाता तथा सल्लाहकार भोजबहादुर खत्री, रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दीन पन्थी एवम् क्लबका उपाध्यक्ष तथा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले संयुक्त रुपमा क्लबको डाइरेक्टी (पुस्तक) विमोचन गर्नुभएको हो । 

पुस्तकको विमोचन गर्दै मेयर पन्थीले क्लबले छोटो समयमै सामाजिक र सेवामूलक कार्यमा प्रशंसायोग्य छवि बनाएको बताउनुभयो । उहाँले अहिले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमै युवाहरुलाई राख्न उद्यम सिर्जना गर्नेतर्फ सबैको साझा ध्यान हुनुपर्ने उल्लेख गर्नुभयो । मेयर पन्थीले युवाहरुलाई स्थानीयस्तरमै स्वरोजगार बनाई उद्यम सिर्जना गर्न स्थानीय तह एक्लैले गर्न नसक्ने भन्दै निजि क्षेत्रलाई रेसुंगामा लगानीका लागि आव्हान् गरेको बताउनुभयो । 

“रेसुंगाको प्रचारका लागि नगरपालिकाले जाँऊ हिँड् रेसुंगा अभियान सञ्चालन गरेको छ । रेसुंगाको प्रचारका लागि काठमाण्डौमा प्रधानमन्त्री ज्यूको बिशेष सहभागितामा कार्यक्रम पनि गरिएको छ ।” उहाँले भन्नुभयो,– “अहिले रेसुंगाले देशभर पहिचान बनाएको छ । यहाँ आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।” पर्यटन नै विकासको आधार भएको भन्दै रेसुंगालाई प्रचार गरी यहाँको व्यवसायलाई माथि उठाउन नगरपालिका लागि परेको बताउनुभयो । 

निजि क्षेत्रको भविष्य ग्यारेन्टी गर्न आवश्यक रहेको बताउँदै गुल्मेली जनताको भविष्य रेसुंगासँग जोडिएको उल्लेख गर्नुभयो । रेसुंगा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मार्दै गइरहेको भन्दै बिशेषज्ञ सेवा गुल्मी अस्पतालबाट सुरु गरेसँगै एक अरब भन्दा बढि रकम बाहिर जानबाट बचेको दाबी गर्नुभयो । उहाँले केही समय पछि लगानी सम्मेलनको तयारीमा नगरपालिका रहेको भन्दै गुल्मीमा केहि नयाँ काम गर्ने गरि अगाडि बढेको चर्चा गर्नुभयो । 

क्लबका सल्लाहकार भोज बहादुर खत्रीले जहाँ दुख्छ, त्यहाँ रोटरी पुग्छ भन्ने भावनाका साथ रोटरी क्लब अगाडी बढेको बताउनुभयो । आफ्नै सक्रियतामा यस जिल्लामा रोटरी क्लबको स्थापना गर्न पाउँदा ज्यादै खुसि लागेको समेत उल्लेख गर्नुभयो ।

पूर्व क्याम्पस प्रमुख दीन पन्थीले पूर्वीय आदर्श भनेको सेवा गर्नु भन्ने रहेको भन्दै पश्चिमा मुलूकबाट स्थापना भएको रोटरीले पनि सेवाको भावना अँगालेको भन्दै क्लबको प्रशंसा गर्नुभयो । क्लबका उपाध्यक्ष डोरविक्रम श्रीस र गुणानिधि शर्माले सामाजिक सेवाको भावले क्लबको स्थापना भएको भन्दै सोही अनुसार यसका क्रियाकलाप अगाडी बढेको बताउनुभयो । 

क्लबका अर्का उपाध्यक्ष सरोजकुमार थापाले धन्यवाद मन्तव्य राख्दै मानव सेवा, दुखि पीडित, असाय र अशक्तको क्षेत्रमा सहयोग पु¥र्याउनु क्लबको प्रमुख उद्देश्य रहेको बताउनुभयो । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले क्लबले आफ्नो परिवारलाई पहिलो, आफ्नो उद्यम, पेशा, व्यवसायलाई दोश्रो र क्लबलाई तेश्रो प्राथमिकतामा राखेको भन्दै क्लबले सबै क्षेत्रमा महत्व राख्ने बताउनुभयो । 

यस जिल्लामा क्लब स्थापनाको छोटो समयमै विपद्मा परेका र अगालागीबाट पीडित नागरिकहरुलाई ४ लाख बढीको सहयोग गरिसकिएको बताउनुभयो । सबैको सामूहिक भावनाबाट मात्रै क्लबका कार्यहरुलाई दीगो बनाउन सकिने भन्दै यसमा सबै जोडिन आवयश्क रहेको उल्लेख गर्नुभयो । क्लबको सामाजिक कार्यकै प्रभावबाट नयाँ सदस्यहरु यसमा जोडिन आतुर रहेको भन्दै यसमा सदस्य बन्नेहरु बढ्दो क्रममा रहेको बताउनुभयो । सोही अवसरमा नवप्रवेशी रोटरीयनहरुलाई पनि क्लबमा स्वागत गरिएको क्लबका सचिव भागीरथ भण्डारीले बताउनुभयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार