मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

हेटौंडालाई फुलैफुलको शहर बनाइदै

Ujyalosandeshonline 12611+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

हेटौंडा । सुन्दर हरित नगरको पहिचान बोकेको  हेटौंडा उपमहानगरपालिकालाई थप सुन्दरता दिने काम थालिएको छ ।बजारमा रहेका अशोकका बिरुवाबाट हरित नगरको पहिचान कायम गरेको उपमहानगरले पछिल्लो समय फुलैफुलको शहरको रुपमा कामलाई अघि बढाएको थियो । बजार क्षेत्रमा रहेका मुख्य सडकक्षेत्रमा बिभिन्न प्रजातीका फुलको बिरुवा रोप्दै फुलैफुलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको नेतृत्वले अहिले कलाको शहरको रुपमा अघि बढाएको छ ।

चालु आर्थिक बर्षको बजेटबाट काम हुनेगरी हेटौंडा उपमहानगरपालिकाले पुर्वपश्चिम राजमार्गको हेटोैंडा–१० सडक छेउमा रहेको नेपाल ट्रष्ट इकाई कार्यालय हेटौंडाको कान्ति इश्वरी घरको पर्खालमा चित्रकलाकोे काम थालेको हो । ठेक्का मार्फत उपमहानगरक्षेत्र भित्रका महत्वपुर्ण पर्यटकीय गन्तव्यको पहिचान गर्न हेटौंडा आउँने बाह्य क्षेत्रका मानिसले सहजै पहिचान गर्न सकुन भन्ने उद्देश्यले चित्रलाई पर्खालमा उर्तार्ने काम गरीएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

उनले भनिन्, ‘उपमहानगरले निरन्तर सञ्चालन गरेको ‘सफा हेटौंडा अभियान’ अन्तरगत हामिले नगरको सौन्दर्यतालाई अघि बढाई रहेका छौं ।’ बजारलाई सफा र सुन्दर राख्ने, उज्यालो शहर बनाउँने लाईटिङ्कको व्यवस्था गर्दै अघि बढिरहेको सन्दर्भमा अहिले बजार क्षेत्रमा रहेका खाली पर्खाललाई रंगरोगन गर्दै नगरका पहिचानलाई चित्र मार्फत देखिाउँने कामको थालनि गरीएको नगर प्रमुख लामाले बताइन् ।

उनका अनुसार कामले निरन्तरता पाउने र अहिले पहिलो चरणमा काम थाले पनि नगरका खाली रहेका पर्खालहरुमा नगरको सस्कृती र पहिचान झल्कने गरी चित्र निर्माण गर्दै अघि बढिने बताइन् । बिकास निर्माण भनेको पुर्वाधार तर्फ मात्र ध्यान नदिइ नगरको सौन्दर्यतामा ध्यान दिँदै कार्यक्रमहरुलाई अघि बढाइने नगर प्रमुख लामाले बताइन् ।

उपमहानगरले पहिलो चरणमा ट्रष्टको खाली रहेको १७ सय स्क्वायर क्षेत्रमा हेटौंडाको पर्यटकिय तथा धार्मिक गन्तव्यको पहिचान दिलाउने बिभिन्न प्रकारका १५ वटा चित्र पेन्ट गर्ने कामलाई अघि बढाएको छ । उपमहानगरको खरिद समितिमार्फत नगरका बिभिन्न वडामा रहेका गन्तव्यलाई चित्र मार्फत पर्खालमा उतार्नका लागि ४ लाख ६८ हजार ३५३ रुपियाँ बजेटमा कामलाई अघि बढाएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । सोमबार राजमार्गक्षेत्रको खालि पर्खालमा भैरहेको कामको नगर प्रमुख लामाले अवलोकन गर्दै सुधारका लागि केही काम गर्न जरुरी रहेको भन्दै सचेत गराइकी थिइन् । अहिले काम भैरहेको ठाउँमा केही थप ठाउँ खाली रहने पर्खालहरुमा पनि बिस्तारै रंगरोगन सहित चित्रकलाको कामलाई निन्तरता दिने बताईएको छ ।

यस अघि उपमहानगरको शौन्दर्यतामा थप निखारता ल्यानका लागि नगरका अघिकाशं सडक किनारामा बृक्षारोपण, खाली रहेका जमिनहरुमा पार्कको निर्माण, मुख्य बजार क्षेत्र सहित अन्य वडाहरुमा लाईटको व्यव्स्थापन, सडक किनारामा रहेको कर्बस्टोनमा पेन्टिङका काम गरीरहेको नगर प्रमुख लामाले बताइन् । सुन्दर हेटौंडा बनाउने अभियान अनुसार हेटौंडा उपमहानगरपालिकाले आगामी दिन प्रथामिकतामा राखेर काम गर्ने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार