मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

वडाध्यक्षले सनाखत गरिदिएपछि ७६ वर्षमा पाइन् भुजीकी शान्तिमायाले नागरिकता

Ujyalosandeshonline 11768+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । २००५ सालमा जन्मिएकी सुनुवारले सनाखत बसिदिने आफन्त कोही नहुँदा ७६ वर्षसम्म नेपाली नागरिकताको प्रमाणपत्र पाउन सकेकी थिइनन् ।

नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका हुन् । 

यस अघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक पटक प्रयास गरेको भए पनि तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूले नमानेको कारण नागरिकता बनाइदिन नसकेको वडाध्यक्ष नेवारले बताए । ती महिलाको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सबै बेहोरा खोलेर ल्याउन र वडाध्यक्षलाई सनाखत बसिदिन भनेपछि नागरिकता बनेको श्रेष्ठले बताए । 

‘ती महिलाका दिदी र बहिनीहरू रहेछन्, उनीहरु पहिला नै विवाह गरेर बाहिर गएका, बाबु–आमा मरिहाले, दाजु–भाइ कोही नभएका, जग्गा जमिन पनि केही नभएको, कहिले कसकोमा, कहिले कसकोमा बसेर काम गर्दै खाँदै आएकी, अब वृद्ध अवस्था भएपछि समस्या र्पयो, नेपाली नागरिकता बनाइदिन पाए कम्तीमा राज्यले दिने ज्येष्ठ नागरिक भत्ता त आउँथ्यो भनेर धेरै प्रयास गरियो, यस अघिका प्रमुख जिल्ला अधिकारीहरूले मान्नु भएन, अहिलेको प्रमुख जिल्ला अधिकारीले समस्या बुझ्नु भयो, बिहीबार उनको नागरिकता बन्यो’, नागरिकता बनाउन ती महिलालाई साथमा नै लिएर सदरमुकाम मन्थली आएका नेवारले भने । 

बिहीबार नागरिकता बन्ने बित्तिकै शुक्रबार सामाजिक सुरक्षा भत्ताको लागि उनको फाराम भरिदिएको नेवारले बताए । ‘यति भएपछि कम्तीमा महिनाको ४ हजार रुपैँया आउँछ, एकजनाको दुःख–सुख जीविका चल्छ’, नेवारले भने । 

शान्ति मायासँगै सोही वडाका तीन पुस्ता भित्र परिवारका अन्य सदस्य कोही नभएका ३० वर्षका धनराज सुनुवारले पनि बिहीबार नै नेपाली नागरिकताको  प्रमाणपत्र पाएका छन् । सनाखत बस्ने मानिस कोही नभएको कारण उनको पनि नेपाली नागरिकता बनेको थिएन ।  

उनको पनि वडाध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका छन् । ‘धनराजको त बाबुको नामको जग्गाधनी पुर्जा थियो, नागरिकता बनाउन सहज थियो, तर शान्तिमायाको समस्या नै थियो, प्रमुख जिल्ला अधिकारीले समस्या बुझिदिएको कारण नागरिकता बन्यो’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार