मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

भ्रष्टाचारविरुद्ध उजुरी बढ्यो, नियन्त्रणमा सामूहिक प्रयास जरुरी

Ujyalosandeshonline 12338+ समाचार ( )
२८ माघ २०८०, आइतबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम कुमार राईले जिम्मेवार व्यक्तिहरुले भ्रष्टाचार नियन्त्रण गरीछाड्ने प्रतिवद्धता जनाएपनि भ्रष्टाचारको ग्राफ भने नघटेको बताएका छन् ।

आयोगले ३३ औं स्थापना दिवसका अवसरमा आज आयोगका प्रमुख आयुक्त राईले  संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घुस लेनदेख गर्ने, गैर कानुनी लाभ लिने वदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरु पर्ने गरेको बताए ।

भ्रष्टाचारविरुद्धको लडाई बहुआयामीक विषय भएकाले सामूहिक प्रयासमार्फत मात्र सफलता मिल्ने प्रमुख आयुक्त राईले बताए । यद्यपी, तीन वर्षमा मात्रै आयोगमा भ्रष्टाचारविरुद्ध ७५ हजारभन्दा बढी उजुरी परेका छन् । अख्तियारका अनुसार प्रत्येक वर्ष भ्रष्टाचारविरुद्धको उजुरी बढिरहेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९।८० मा मात्रै भ्रष्टाचारविरुद्धका २८ हजार ६७ उजुरी परेका थिए । ती उजुरीमध्ये १८ हजार ४ सय ९९ वटा उजुरी फस्र्यौट भइसकेको छन् भने १ सय ६२ मुद्दा दायर भएका छन् । भ्रष्टाचारविरुद्ध उजुरी बढ्ने क्रमसँगै मुद्दा दायर गर्ने क्रमसमेत बढेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८।७९ मा २४ हजार ३ सय ३१ वटा उजुरी परेका थिए भने आर्थिक वर्ष २०७७।७८ मा २२ हजार ६ सय २५ वटा उजुरी परेका थिए । यस्तै, आर्थिक वर्ष २०७८।७९ मा १७ हजार ९ सय ६९ वटा उजुरी फर्स्यौट भएका थिए भने भ्रष्टाचारका १ सय ३० वटा मुद्दा दायर भएका थिए ।

आर्थिक वर्ष २०७७।७८ मा भ्रष्टाचारका १४ हजार ५ सय ३२ उजुरी फस्र्यौट भएका थिए भने १ सय १४ वटा भ्रष्टाचारका मुद्दा दायर भएका थिए ।

 यसअघि ट्रान्सपरेन्सी इन्टरनेसनले पछिल्लोपटक सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) ले यसपटक पनि नेपाललाई भ्रष्टाचार व्याप्त मूलुककै सूचीमा राखिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार