मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

कर्मचारीहरूलाई प्रभावकारी सेवा प्रवाह मार्फत नागरिकको मन जित्न प्रजिअ पाण्डेयको आग्रह

Ujyalosandeshonline 12461+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

भैरहवा । रुपन्देहीमा आइतबार विभिन्न कार्यक्रमसहित निजामती सेवा दिवस मनाइएको छ । यस अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेयले कर्मचारीहरूलाई प्रभावकारी सेवा प्रवाह मार्फत नागरिकको मन जित्न आग्रह गर्नुभयो ।

उहाँले कर्मचारीहरूले आफ्नो पोशाक र परिचयपत्रको गरिमा राख्दै समाजमा राम्रो छवि निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेको भन्दै उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई अधिकतम सेवा प्रदान गरी उनीहरूको विश्वास जित्न आग्रह गर्नुभयो । डा. पाण्डेयले निजामती सेवाले महिला, अपाङ्ग, मधेशी, अल्पसंख्यक लगायत सबै वर्गलाई समेटेको बताउनुभयो ।

कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले संघीय निजामती सेवा ऐनले प्रदेश र स्थानीय तहका कर्मचारीहरूको भावनालाई पनि समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहका कर्मचारीका पीडा बुझेर समाधान गर्न संघीय सरकारलाई आग्रह गर्नुभयो । विसं २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते मनाइँदै आएको निजामती सेवा दिवसका अवसरमा सरसफाई, स्वास्थ्य शिविर, रक्तदान लगायतका सामाजिक कार्यक्रमहरू पनि आयोजना गरिने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार