जनकपुरधाम । आज मुख्यमन्त्री सतिश कुमार सिंह र सभामुख रामचन्द्र मण्डल बीच मुख्यमन्त्री निवासमा भेटघाट भएको छ । यस अवसरमा जेन–जी आन्दोलनका कारण प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयमा भएको क्षतिपछिको पुनर्निर्माण कार्य, प्रदेश सभाको प्रभावकारी सञ्चालन र अन्य समसामयिक विषयहरूमा महत्वपूर्ण छलफल भएको छ।
मुख्यमन्त्री र सभामुखबीच भेट: प्रदेश सभा पुनर्निर्माण र प्रभावकारी सञ्चालनबारे छलफल
३ अशोज २०८२, शुक्रबार