मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनि सम्मेलन शुरू,परराष्ट्रमन्त्रीले गरे उदघाटन

Ujyalosandeshonline 11005+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

लुम्बिनी  । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ)  बिहीबारदेखि सुरु भएको छ। सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा  जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनिमा शुरू भएकाे हाे । सम्मेलनकाे विहिबार साँझ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका हुन् । 

उदघाटन समाराेहमा बाेल्दै परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनि बुद्व जन्मस्थल मात्रै नभई बाैद्व दर्शनकाे उदगम भूमि रहेकाे बताए । उनले बुद्व र लुम्बिनीलाई अलग बुद्वका शिक्षाले वसश्वमा शान्ति स्थापनामा महत्वपूर्ण  विश्वले अंगिकार गर्नुपर्ने बताए । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेकाे समेत उनले बताए ।  

उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेकाे बताउदै विश्वमा देखिएकाे द्वन्द्वलाई धुव्रिकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए। विश्वमा देखा परेकाे द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको  समेत उनले बताए । 

शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउ लुम्बिनि रहेकाे बताए । 'शान्ति र समृद्विका लागि लुम्बिनीकाे विकल्प अरु हुन सक्दैन' परराष्ट्रमन्त्री श्रेष्ठले भाे । लुम्बिनिबाट शान्तिको उदगम थलाेसंगै  मानवता,  सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्व जन्माएकाे पवित्र स्थल रहेकाे बताए । उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनि भ्रमण गरेकाे स्मरण गर्दै  भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे ।

कार्यक्रममा लुम्बिनि विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे), पूर्वमन्त्री देवेन्द्र पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे । सम्मेलन शुभारम्भमा लुम्बिनि म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै  बुद्व जन्मस्थल लुम्बिनि विश्वका शान्ति मार्गीहरूकाे आस्थाकाे केन्द्र भएकाे बताईन । 

सम्मेलनमा बुद्विजम आर्ट ईन नेपलिज आर्टका प्राेफेर डा नरेश शाक्य, पदम ज्याेतीले बाेल्दै लुम्बिनिमा गैरआवासिय राजदुहरूलाई स्वागत गरे । सम्मेलनमा  विभिन्न देशका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा आएर बुद्व, शान्ती र समृद्विका बिषयमा छलफलमा सहभागी भएका छन ।

सम्मेलन  अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, ््आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन ।बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका उनीहरू बुटवल स्थिति लुम्बिनि केवल कारकाे भ्रमण गरेका थिए ।

सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिँने जनाईएकाे छ । शुक्रवार लुम्बिनि भ्रमण गर्ने कार्यसूची रहेकाे छ । त्यसपछि टाईगर रिसाेर्टमा छलफल गरि सम्केलन सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार