मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कांग्रेसको अवरोध कायमै

Ujyalosandeshonline 12457+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ । तर सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनका विषयमा सहमति नभए अवरुद्ध पार्ने जनाएको छ । 

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । बैठकअघिसम्म संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नभए कांग्रेसले अवरोध कायम राख्ने नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले जानकारी दिइन् । 

बजेट अधिवेशनको सुरुवातदेखि नै कांग्रेसको अवरोधका कारण संसद्मा पेश भएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम समेत पास भएको छैन भने प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार कांग्रेस सांसदहरुको नाराबाजीकाबीच विश्वासको मत लिएका थिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठमा सदनम प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम टेबुल गर्ने कार्यसूची रहेको छ भने राष्ट्रपति कार्यालयबाट प्राप्त अन्य चिठीपत्रहरु पढेर सुनेर कार्यक्रम रहेको छ । 

कांग्रेस सचेतक थिङका अनुसार अहिले बिहान पनि दलहरूबीच संसदीय समिति गठनका विषयमा छलफल चलिरहेको छ । कार्यदलले समिति गठनका विषयमा सहमति जुटाएको अवस्थामा बाहेक संसद्मा कांग्रेसको अवरोध कायम रहने उनले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार