मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन : मन्त्री अर्याल

Ujyalosandeshonline 11308+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताएका छन् । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिढी प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित रहेको भन्दै यसले स्वरोजगारको संख्या नबढेको बताए । 

उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले चौतारो, सिढी बनाउनभन्दा बाहेक राष्ट्रिय गौरवका आयोजनाहरु, सडक, घर, पोल निर्माण जस्ता काममा लगाई दिएको थियो भने राम्रो हुने थियो । अथवा त्यही कार्यक्रमलाई तालिममा लगाएका थियौं भने स्वरोजगारको संख्या बढ्ने थियो । तर हामीले चौतारो, सिढी बनाउन सिक्यौ यो समाजको लागि आवश्यक भएपनि यो रोजगार सिर्जना गरेको होईन् ।’

उनले विदेशीले दिएको सहयोग भन्दैमा औचित्यहीन कार्यमा खर्च गर्न नहुने भन्दै त्यसको सहि सदुपयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘यसमा तरिका परिवर्तन गरौं । विदेशीले दिएको सहयोग हो भन्दैमा हामीले छर्ने काम नगरौं । जसको औचित्य नै पुष्टि हुदैँन् । जसले परिणाम नै निकाल्दैँन् त्यो स्थानमा खर्च नगरौं । किनभने त्यो ऋण भएपनि अनुदान भएपनि हामीले नै लिएको हो । यसको सदुपयोग गर्नुपर्छ ।’ 

मन्त्रालयले गरेको कारवाहीको आधारमा सफल र असफलको प्रश्न उठ्ने कुरा गलत भएको भन्दै आफूले म्यानपावर व्यवसायीहरुलाई कारबाही गर्नुपर्ने वातावरण सिर्जना नगर्न अनुरोध गरेका बताए ।  

विदेशमा रहेका उद्धारको पर्खाइमा बसेका, जेलमा रहेका, शव ल्याउन बाँकी रहेका सबै नेपालीहरुको अवस्थाको डाटा बोर्डमार्फत माग गरेको भन्दै यसको समाधानको लागि बोर्ड र मन्त्रालयले काम गरिरहेका उनले जानकारी दिए । 

फरक प्रसंगमा मन्त्री अर्यालले नेपाल र कतारबीच २००५ मा भएको सहयोग सम्झौतामा हस्ताक्षर समयसापेक्ष नभएकाले दुवै पक्षबाट प्राविधिक समूह बनाउने र त्यसले तल्लो तहदेखि नै अध्ययन गर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार