मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रेन्वो एकेडेमीले जित्यो दोश्रो गौतमबुद्ध कपको उपाधि

जगीलाल थापा 30+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

कञ्चन । रुपन्देहीको कञ्चनमा सम्पन्न दोश्रो गौतमबुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि कञ्चन ३ को रेन्वो एकेडेमीले जितेको छ। गौतमबुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्देहीको आयोजनामा भएको यस प्रतियोगितामा रेन्वो एकेडेमीले विश्वशान्ति युवा क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

उपाधिसँगै रेन्वो एकेडेमीले १ लाख ११ हजार १११ रुपैयाँसहित कप र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको सैनामैना १० सालझण्डीको विश्वशान्ति युवा क्लबले भने ६६ हजार ६६६ रुपैयाँसहित कप र मेडलमा चित्त बुझाउन बाध्य भयो।

प्रतियोगितामा रेन्वो एकेडेमीका मिलन आले म्यान अफ द म्याच घोषित भए। यस्तै, उत्कृष्ट खेलाडीको उपाधि रेन्वो एकेडेमीका सूरज थारुले जिते भने उत्कृष्ट डिफेन्डर सुजित चौधरी र उत्कृष्ट गोलकिपर भीम पुन मगर पनि रेन्वो एकेडेमीबाटै रहेका थिए। सर्वाधिक गोलकर्ताको अवार्ड पनि १० गोल गरेका सूरज थारुले नै हात पारे।

विजेता तथा उपविजेता टिमलाई बधाई तथा पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले युवाहरूलाई एकताबद्ध गरी समाजको सकारात्मक विकासमा लाग्न प्रेरित गरे। उनले पिपरीचापा खेलमैदानलाई व्यवस्थित बनाउन आगामी वर्ष पनि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।

कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले खेलकुदले युवाहरूलाई विकृति, विसंगति र कुलतबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। वडा नं. ५ का वडा अध्यक्ष कूलप्रसाद पौडेलले पनि खेलकुदले राष्ट्र र स्वास्थ्यका लागि मात्र नभई एकता, सहकार्य र सामूहिक कार्यको सोचमा परिवर्तन ल्याउन सक्ने विचार व्यक्त गरे। प्रतियोगितामा १६ फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक लालमाया थापा पुन र दीपक दर्लामीले सांगीतिक प्रस्तुति दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार