मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

रारा तालमा डुबेर एक जनाको मृत्यु

Ujyalosandeshonline 12337+ समाचार ( )
२१ असार २०८१, बिहीबार

मुगु । रारातालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

रारातालको पुर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका –५ का २१ वर्षिय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधिन साइकललेनमा मजदुरी गर्दै थिए । दिउँसो २ बजे कामबाट घर फर्कने क्रममा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए ।

घटनाको जानकारी पाउने बित्तिकै हनुमान ध्वज गुल्मबाट उद्दारका लागि नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगि शव तालबाट बाहिर निकालिएको थियो ।

घटनाको मुचुल्का पछि शवको पोस्टमाटमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार