मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति

Ujyalosandeshonline 12696+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

विराटनगर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो । आगलागी कसरी भयो भन्ने यकिन कारण खुल्न सकेको छैन ।

रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन् । स्थानिय इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोडौंमा पुगेको छ भने मानवीय क्षति भएको छैन । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुगंका प्रहरी प्रमुख वेद प्रसाद गौतमका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । प्रहीको श्रोतले जानाकरी दिएअनुसार त्यहाँ एक करोड १८ लाख बराबरको क्षति भएको भनि पिडितले जनाएका छन् । 

इन्द्रकुमार लिम्बुको ढुङ्गामाटो र काठको बेरा बनेको तीन तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । घरमा रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात, घरायसी सामग्रीदेखि सुन दुई तोला, नगद दुई लाख रुपैयाँ, किराना सामान सबै खरानी बनेका छन् । सोही घरमा भाडामा बस्ने दोर्ची शेर्पाका २५ मन अलैंची र १० कुखुरा समेत जलेर नष्ट भएका छन् ।

राजकुमार लिम्बुको तीन तले घर पनि पूर्ण रूपमा जलेको छ । घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन चार तोला, चाँदी १५ तोला, नगद दुई लाख रुपैयाँ, किराना सामग्री, कुखुरा १२ वटा सबै जलेका छन् । घरअगाडि पार्किङ गरिएको मे १० प ८२४६ नम्बरको पल्सर मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।

अनिल लिम्बुको घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन दुई तोला, चाँदी एक तोला, नगद तीन लाख रुपैयाँ र किराना सामान तथा २२ कुखुरा जलेर नष्ट भएका छन् । विष्णुप्रसाद लिम्बुको ढुङ्गामाटो र काठको बेरा भएको एक तले घर समेत पूर्ण रूपमा जलेको छ । घरभित्रका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र नगद एक लाख रुपैयाँसहित किराना सामग्री जलेका छन् । घरअगाडि पार्किङ गरिएका मे १ ज ३००३ महेन्द्र म्याक्स र ग ३ च ९८४७ बोलेरो गाडीको बाहिरी भागमा केही क्षति पुगेको प्रहरीले जनाएको छ ।

आग नियन्त्रणका लागि नेपाली सेनाको वीरदल गणबाट खटिएको टोली, सहायक सेनानी टेकबहादुर साउदको कमान्डमा रहेको सुरक्षा पोस्टबाट परिचालित समूह तथा नफ्री प्रहरी चौकी साँवाका प्रहरी नायब निरीक्षक ख्यामबहादुर श्रेष्ठको टोली सक्रिय रूपमा जुटेका थिए । स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार