मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

एयर इन्डिया दुर्घटनाः दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

Ujyalosandeshonline 12461+ समाचार ( )
२८ असार २०८२, शनिबार

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भीक कारण खुलेको छ । भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरो (एबीआई) ले शनिबार जारी गरेको प्रारम्भिक अनुसन्धान रिपोर्टले यस्तो देखाएको हो । हालै दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको दुवै इन्जिन उडान भरेको केही सेकेन्डमै बन्द भएको थियो ।

रिपोर्टमा भनिएको छ कि फ्लाइट एआई–१७१ विमान दुर्घटनाग्रस्त हुनुभन्दा पहिले, दुई इन्जिनको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू एक अर्काको एक सेकेन्ड भित्र बन्द भएका थिए । जसले गर्दा विमान इन्जिनहरूले काम गर्न बन्द गरेका थिए । ककपिट भ्वाइस रेकर्डरले देखाउँछ कि एक पाइलटले सोधे, “तपाईंले किन बन्द गर्नु भयो?“ र अर्को पाइलटले जवाफ दिन्छ, “मैले गरेको होइन् ।“

दुर्घटना रिपोर्टले यो पनि देखाएको छ कि दुबै स्विचहरू “सामान्य“ स्थितिमा फिर्ता सारिएको थियो र इन्जिन १ ले रिकभरीको संकेत देखाए पनि, तर इन्जिन २ ले गर्न सकेन् ।

“विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजमा लिफ्ट–अफ पछि तुरुन्तै प्रारम्भिक आरोहणको समयमा राम एयर टर्बाइन तैनाथ गरिएको देखाइएको छ । उडान मार्गको वरपर कुनै पनि उल्लेखनीय चराहरुको गतिविधि देखिएको छैन् । विमानस्थलको परिधिको पर्खाल पार गर्नु अघि विमानले उचाइ गुमाउन थालेको रिपोर्टमा उल्लेख छ ।

लन्डन जाने एयर इन्डियाको विमान, बोइङ ७८७–८ ड्रीमलाइनर, जुन १२ मा अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जुन भारतको पश्चिमी राज्य गुजरातको राजधानी शहर गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा थियो । जसमा २४२ जना मध्ये एक जना बाहेक सबैको मृत्यु भयो र १९ जना जमिनमा थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार