मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

राप्रपा नेपालको ‘वृहत् भेला’ असोज ४ मा

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामि असोज ४ गते वृहत भेलाको आयोजना गर्ने भएको छ । बुधबार पार्टी कार्यलय धुम्बाराहीमा बसेको राप्रपा नेपाल काठमाडौं जिल्ला कार्य समितिको प्रशिक्षण समिक्षा बैठकपछि पार्टीका अध्यक्ष कमल थापाले असोज चार गते वृहत भेलाको आयोजना गर्न लागेको जानकारी दिए ।

वृहत भेलाको माध्यमबाट पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामि दिनमा पार्टीले गर्ने कार्यक्रमका बारेमा पनि स्पष्ट सन्देश दिने उनले बताए । उनले भने,‘ अहिले हामीले सडक कार्यक्रम गर्नुभन्दा सभा हलमा नै अझ बढि भव्यताकासाथ गर्नु उपयुक्त हुने भएकाले आउने असोज ४ गते नवदुर्गा पार्टी प्यालेसमा १ बजे भव्य वृहत भेलाको आयोजना गर्दैछौं । त्यो भेलामा प्रशिक्षणमा सहभागी सबैजना उपस्थित हुनुपर्ने छ । वृहत भेलाको माध्यमबाट हामीले पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामि दिनमा हामीले गर्ने कार्यक्रमका बारेमा पनि  स्पष्ट सन्देश दिनेछौं ।’ 

उनले भविष्यमा हिन्दु राष्ट्र पुनस्थापना गर्ने र पार्टीलाई देशको बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य राखेको भन्दै त्यो लक्ष्य प्राप्तीको निमित्त प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको विश्वास व्यक्त गरे । 

उनले भने,‘हामीले भविष्यमा जसरी आन्दोलन गर्ने ,हिन्दु राष्ट्र पुनस्थापना गर्ने र राप्रपा नेपालललाई देशको एउटा बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौं । त्यो लक्ष्य प्राप्तीको निमित्त यो प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको मैले पाएको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार