मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

रासस 719+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आज विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने  पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई आज(पुस ८) देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ । 

विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा पुस ३ गते विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी चालकले यात्रुलाई दुर्व्यवहार तथा अमर्यादित व्यवहार गरेका थिए । चालकहरूको सो व्यवहारसम्बन्धी सामाजिक सञ्जाल (टिकटक)मा अपलोड भएको सामग्री र त्यसको भोलिपल्ट कार्यालयमा आएको निवेदनबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता जशोदा सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यालयमा आएको निवेदनपछि विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले घटनाका बारेमा आवश्यक जाँचबुझ तथा छानविन गरेको थियो । प्राधिकरणले विमानस्थलबाट सेवा प्रदान गर्ने सम्पूर्ण चालकहरूले यात्रुसँग नम्र, सभ्य, शालिन एवं मर्यादित व्यवहार गर्ने र सो बमोजिमको व्यवहार नभएको पाइए कानुनअनुसार कारबाही जनाएको छ । 

यसैगरी राइड सेयरिङ एप इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छोड्न र नियमानुसारको शुल्क तिरी विमानस्थलको सवारी पार्किङ क्षेत्रमा सवारीसाधन राखी आफ्नो यात्रुलाई लैजान विमानस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकहरूबाट कुनै अवरोध नगर्ने/नगराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थलको पहुँच मार्गको दायाँबायाँको स्थानमा सवारीसाधन रोक्दा हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई कमी गर्न कार्यालयले आफन्त तथा यात्रु पर्खिएर सवारीसाधन नरोक्नसमेत आग्रह गरेको छ । विमानस्थल क्षेत्रभित्र जथाभावी रूपमा सवारीसाधन रोकिएको पाइए कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ । पर्यटकीय सहर पोखरामा विमानस्थलमा ट्याक्सी चालकहरूको मनोमानी हुने गरेका विषयमा पर्यटक तथा यात्रुहरूले पटकपटक प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार