मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया तत्काल सुरु हुने

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ पौष २०८१, सोमबार

रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली अस्पताललाई वाग्मती प्रदेशको प्रादेशिक अस्पताल बनाउन मन्थली नगरपालिकाले माग गरेको छ । मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाले साझेदारी गर्ने गरी मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाइदिन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई अनुरोध गरे । 

प्रदेश सरकारले मन्थली अस्पताललाई मेडिकल अफिसर, नर्स लगायतका जनशक्ति पठाएको भन्दै उनले धन्यवाद दिए । नगर ५) देखि ७५ प्रतिशतसम्म लगानी गर्न परे पनि तयार भएको भन्दै उनले अस्पताललाई भने प्रादेशिक अस्पतालको रूपमा ग्रहण गरिदिन आग्रह गरे । 

मन्थली अस्पतालको नयाँ भवन बनिसकेको बताउँदै उनले नयाँ भवनमा अस्पताल सर्दा प्रादेशिक अस्पतालको बोर्ड राख्ने गरी व्यवस्था मिलाई दिन उनले प्रदेश मन्त्री मगरलाई अनुरोध गरे । 

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री मगरले मन्थली नगरपालिकाले मात्र यति ठूलो अस्पताल सञ्चालन गर्न नसक्ने बताउँदै मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन आफूले पहल गर्ने बताए ।

‘अस्पतालको चापलाई मध्यनजर गरेर जतिसक्दो चाँडो वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नै प्रादेशिक अस्पतालको रूपमा यो अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । 

यसअघि मन्त्री मगरले मन्थली नग अस्पतालको अवलोकन गरेका थिए । सो क्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशवसिंह धामीले अस्पतालको अहिलेको अवस्था, सञ्चालित सेवा र चुनौतीको बारेमा जानकारी दिएका थिए । बिरामीको अधिक चाप भएकोले काम गर्न निक्कै कठिन भएको उनले अवगत गराए । 

कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल लगायतका नेताहरूको समेत सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार