मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

एमाले गुल्मीको १२ औं अधिवेशनको उपमहासचिव ज्ञवालीद्वारा उद्घाटन

मनु सुनार 31+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

गुल्मी । नेकपा एमाले गुल्मीको १२ औं अधिवेशनको केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभएको छ । सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा सुरू भएको अधिवेशनको ज्ञवालीले उद्घाटन गरेका हुन् । अधिवेशनको खुल्ला शत्रको कार्यक्रम सञ्चालन भइरहेको छ ।  आजबाट सुरु भएको अधिवेशन दुई दिनसम्म चल्नेछ । 

अधिवेशनका लागि यस जिल्लाका १२ वटै पालिका र ९३ वटै वडाबाट ५८५ जना प्रतिनिधि छनोट भएका नेकपा एमाले रेसुंगा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ११७ जना आयोजक कमिटी र ९८ जना जनवर्गीय सङ्गठनबाट समेत अधिवेशन प्रतिनिधि रहने छन् । अधिवेशनका लागि कूल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सकिनेछ ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये पाँच जनाको पदाधिकारी हुनेछ । एमाले गुल्मीमा १० हजार बढी सङ्गठित सदस्य रहेको पार्टीले जनाएको छ ।

तम्घासमा हुन लागेको अधिवेशनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिवद्वय गोकर्ण विष्ट र पद्मा अर्याल, गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरू, प्रदेशका नेताहरू लगायतका नेताहरूले सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार