मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

एमाले गुल्मीको १२ औं अधिवेशनको उपमहासचिव ज्ञवालीद्वारा उद्घाटन

मनु सुनार 39+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

गुल्मी । नेकपा एमाले गुल्मीको १२ औं अधिवेशनको केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभएको छ । सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा सुरू भएको अधिवेशनको ज्ञवालीले उद्घाटन गरेका हुन् । अधिवेशनको खुल्ला शत्रको कार्यक्रम सञ्चालन भइरहेको छ ।  आजबाट सुरु भएको अधिवेशन दुई दिनसम्म चल्नेछ । 

अधिवेशनका लागि यस जिल्लाका १२ वटै पालिका र ९३ वटै वडाबाट ५८५ जना प्रतिनिधि छनोट भएका नेकपा एमाले रेसुंगा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ११७ जना आयोजक कमिटी र ९८ जना जनवर्गीय सङ्गठनबाट समेत अधिवेशन प्रतिनिधि रहने छन् । अधिवेशनका लागि कूल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सकिनेछ ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये पाँच जनाको पदाधिकारी हुनेछ । एमाले गुल्मीमा १० हजार बढी सङ्गठित सदस्य रहेको पार्टीले जनाएको छ ।

तम्घासमा हुन लागेको अधिवेशनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिवद्वय गोकर्ण विष्ट र पद्मा अर्याल, गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरू, प्रदेशका नेताहरू लगायतका नेताहरूले सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार