मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

आँबुखैरेनी दुर्घटना : बस संचालकले भने- ‘दुःखद घटना भयो, हामी नेपाल आउँदैछौँ’

Ujyalosandeshonline 11540+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

भैरहवा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसमा सवार पर्यटकहरु भारतको महाराष्ट्र प्रदेशको रहेको खुलेको छ ।

पर्यटकहरु भारतको गोरखपुर स्थित केसरवानी परिवहन नामक ट्राभल्सबाट बस बुक गरी नेपाल भ्रमणमा आएका थिए । बसमा सवार यात्रुहरु महाराष्ट्र प्रदेशको रहेको केसरवानी परिवहनका (बस) का संचालक अतुल केसरवानीले जानकारी दिए ।

‘नेपाल भ्रमणमा एक सय १० जना पर्यटहरुका लागि तीन वटा बस बुक गरिएको थियो’, केसरवानी परिवहनका (बस) संचालक अतुल केसरवानीले क्लिक लुम्बिनीसगँ टेलिफोन कुराकानीमा भने, ‘दुःखद घटना भएको छ । हाम्रो टोली यहाँबाट नेपालको लागि निस्कने तयारीमा छ । हामी आउँदैछौँ । अहिले हामी यहाँ प्रशासनसगँ कुराकानी गरिरहेका छौँ ।’

पर्यटकहरु सवार यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार पोखराबाट काठमाण्डौंतर्फ तर्फ गर्दा मस्र्याङ्दी नदीमा खसको थियो । दुर्घटना भएको उक्त बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाले जनाएको छ । उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको थियो । पर्यटकहरु भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुदै नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार