मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

आँबुखैरेनी दुर्घटना : बस संचालकले भने- ‘दुःखद घटना भयो, हामी नेपाल आउँदैछौँ’

Ujyalosandeshonline 12612+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

भैरहवा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसमा सवार पर्यटकहरु भारतको महाराष्ट्र प्रदेशको रहेको खुलेको छ ।

पर्यटकहरु भारतको गोरखपुर स्थित केसरवानी परिवहन नामक ट्राभल्सबाट बस बुक गरी नेपाल भ्रमणमा आएका थिए । बसमा सवार यात्रुहरु महाराष्ट्र प्रदेशको रहेको केसरवानी परिवहनका (बस) का संचालक अतुल केसरवानीले जानकारी दिए ।

‘नेपाल भ्रमणमा एक सय १० जना पर्यटहरुका लागि तीन वटा बस बुक गरिएको थियो’, केसरवानी परिवहनका (बस) संचालक अतुल केसरवानीले क्लिक लुम्बिनीसगँ टेलिफोन कुराकानीमा भने, ‘दुःखद घटना भएको छ । हाम्रो टोली यहाँबाट नेपालको लागि निस्कने तयारीमा छ । हामी आउँदैछौँ । अहिले हामी यहाँ प्रशासनसगँ कुराकानी गरिरहेका छौँ ।’

पर्यटकहरु सवार यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार पोखराबाट काठमाण्डौंतर्फ तर्फ गर्दा मस्र्याङ्दी नदीमा खसको थियो । दुर्घटना भएको उक्त बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाले जनाएको छ । उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको थियो । पर्यटकहरु भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुदै नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार