मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको माग : केआईआईटीलाई जिल्लामा प्रतिबन्ध लगाईयोस्

Ujyalosandeshonline 12198+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

भैरहवा । लोकतन्त्र विद्यार्थी संघ रुपन्देहीले भारत ओडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयलाई रुपन्देहीमा तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ ।

संघले भारत ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटीको छात्रावासमा भैरहवाकी प्रकृति लम्साल को शंकास्पद मृत्युको घटना सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उक्त विश्वविद्यालयमा विद्याथीहरु पठाउने कन्सलटेन्सी लगायतलाई विद्यार्थी हरुको विवरणसहित तत्काल बोलाएर विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी लिन आग्रह गरेको छ । साथै, उक्त विश्वविद्यालयलाई रुपन्देहीमा कुनै पनि प्रकारको क्रियाकलाप हुन दिने समेत माग गरिएको छ ।

अ‌ड्विक श्रीवास्तव नामक युवकले आफूलाई चरम यातना तथा मानसिक दवाब दिएको कुरा पटक पटक लिखित रुपमै क्याम्पस प्रशासनलाई जानकारी गराउउँदा पनि प्रशासनबाट कुनै पनि पहल नहुनु तथा घटना घटिसके पश्चात् उनका साथीहरु तथा नेपाली विधार्थीलाई तत्काल शव हेर्न नदिई एकपक्षीय ढंगले मृत घोषणा गर्नुले घटना रहस्यमय रहेको पुष्टि गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

‘एउटा विधार्थीलाई चरम यातना दिई मृत हुने अवस्था सम्म पुर्याउने उक्त युवकलाई कानून बमोजिम हदै सम्मको कारबाही गरी उनका परिवार लाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दर्छौ’, संघका केन्द्रिय सचिव जैनुद्दिन देवान, जिल्ला संयोजक अमन बनिया र भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका अध्यक्ष ओक्कार युनुसद्धारा दस्तखत गरिएको ज्ञापन पत्रमा भनिएको छ–‘विधार्थीलाई अपमान जनक टिकाटिप्पणी कुटपिट समेत गरिएको उक्त विश्वविधालयका प्रशासनका कर्मचारीलाईकारबाही भएता पनि विश्वविधालयले गरेको राष्ट्र उपर अपमानजनक टिकाटिप्पणी गरेकोले विश्वविधालयलाई रुपन्देही जिल्लामा तत्काल प्रतिबन्ध गर्नुपर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार