मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भरतपुर भ्रमण वर्षको तयारी धुमधाम

Ujyalosandeshonline 12461+ समाचार ( )
६ माघ २०८०, शनिबार

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सांस्कृतिक प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा रहेको प्रतिक्रिया दिन्छन् ।  

भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरुको उचित भण्डारण गरी राखेका छन् । भरतपुर–२४ का स्थानीय नविन श्रेष्ठले पर्यटकलाई कोदो र फापरको रोटी, गहतको दाल र पिडालुको तरकारी पस्कन भण्डार गरेको बताए । 

यस्तै, भरतपुर २८ गोलाघाटका सानु चौधरीले तीन सयवटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए । चौधरीले एक दिनमा सयजना पर्यटकलाई पुग्नेगरी घुंगीको सेट पस्कन सक्नेगरी तयारी पनि गरेको बताए । 

भरतपुर महानगरपालिकामा दैनिक सात हजार पर्यटकलाई आवास सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोटा र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङक छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जीप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाई जंगल सफारी हुने अनुमानका साथ जीप सफारीको गाडी थप गरिएको हो । सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । 

भरतपुरका राप्ती र नारायणी नदीको तटीय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जीप सफारी सञ्चालन गर्दै आएका छन् भने अब सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ ।

कसराबाट एक घण्टादेखि चार घण्टासम्म जीप सफारीको प्याकेज तयार गरिएको छ । यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटनका जानकार विश्वराज सुवेदी बताउछन् । 

भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्यांक रहेकोमा भ्रमण वर्ष २०२४ मा दुई लाख बाह्य पर्यटक र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ । 

भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउनेगरी भरतपुर ६ देवनगरमा निर्माण गरिएको बाघको केज निर्माण भइसेको छ । अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा रहेको बाघलाई यहाँ स्थान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार