मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु

Ujyalosandeshonline 12348+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा राष्ट्रिय गानबाट कार्यालयको सेवा प्रदान गर्न सुरु गरिएको छ । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान, कार्य जिम्मेवारीप्रति थप उत्प्रेरणा तथा उत्साह जगाउने एवं राष्ट्रप्रति भाव बढाउने उद्देश्यले कार्यालयमा राष्ट्रिय गानबाट सेवा सुरु गरिएको हो ।

कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रिय गानबाट कार्यालयको सेवा सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । कार्यालयमा बिहान दश बजे राष्ट्रिय गान सुरु भएपछि जनप्रतिनिधिी, कर्मचारी र सेवाग्राही राष्ट्रिय गानमा सहभागी भएर मात्र आ–आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन् ।

राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्याउने विश्वास लिइएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार