मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै

रासस 719+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

लमजुङ । पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ । सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ (मनाङ) कार्यालयमार्फत व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी यतिका क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताउनुभयो । 

यस आर्थिक वर्ष २०८२÷०८३ मा यतिका प्याज खेती विस्तारका लागि किसान र सरकारको ५०÷५० प्रतिशत लगानीमा प्याज खेती सुरु गरेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिरोपनी कार्यालय र किसानको  सम्मान नौ हजार ८७५ खर्च हुने भएको छ । कार्यालयका सूचना अधिकारी मिजारका अनुसार किसान र कार्यालयको गरी प्रतिरोपनी १९ हजार ७५० रुपैयाँ लागत रहनेछ ।

यसका लागि कार्यालयले जिल्लाका २८ वटा कृषक संस्था छनोट गरी यस खेती विस्तार सुरु भएको छ ।  कार्यालयको सात लाख २० हजार रुपैयाँ लागत रहेको छ । एक रोपनीदेखि नौ रोपनीसम्म एक कृषक संस्थाले व्यवसायीक प्याज खेती गर्ने सो कार्यालयका नायव प्राविधिक सहायक नवीन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार छनोट भएका कृषकलाई प्याज खेती प्रविधि र कार्यक्रम कार्यान्वयनसम्बन्धी एक दिने अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ । त्यस्तै आर्थिक वर्ष २०८१÷२०८२ मा समेत ५० रोपनी जमीनमा  प्याज खेती विस्तार गरेको थियो । गत वर्ष २० कृषक संस्थालाई ६ लाख ८० हजार कार्यालयको बजेट रहेको थियो । 

यस प्याज प्रवद्र्धन कार्यक्रम लमजुङमा दुई वर्षदेखि सुरु भइरहेको छ । बाहिरी जिल्लाको भर पर्नुपर्ने लमजुङ बासीलाई जिल्लामै गरिने यस्ता प्याज खेतीले सहज बनाउने छ । प्याजको मूल्य र माग राम्रो भएपछि यस खेतीतर्फ किसान आकर्षित हुँदा व्यवसायीक प्याज प्रवद्र्धन कार्यकम प्रभावकारी बन्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार