मुख्य समाचार
गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता | रुपन्देहीमा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने | स्रोत नखुलेको साढे पाँच लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा | महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर |

बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता

Ujyalosandeshonline 12724+ समाचार ( )
१० मंगशिर २०८३, बुधवार

धादिङ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको र यसप्रतिको अन्योल अन्त्य भएको बताउनुभएको छ । धादिङमा बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय, आवास भवन र पक्की पुलको शिलान्यास गर्दै उहाँले आयोजनालाई बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गरिने स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार धादिङ, गोरखा र चितवनको रूपान्तरणमा सघाउने यो आयोजनाका लागि प्राधिकरण विधेयक संसद् अधिवेशन सुरु भएको दुई साताभित्र पेस गर्ने लक्ष्य छ । साढे चार खर्बभन्दा बढी अनुमानित लागत रहेको आयोजनामा डेढ अर्ब विनियोजन भइसकेको र थप डेढ अर्ब दिन सरकार तयार रहेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिकारसम्पन्न प्राधिकरण, छुट्टै ऐन र बेनीघाट–आरुघाट–लार्के सडक स्तरोन्नतिमा जोड दिनुभयो भने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बजेट अभाव हुन नदिई समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार