मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सन्धिखर्कको खाँचीकोटमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

अनिल नेपाली 141+ समाचार ( )
२५ असार २०८२, बुधवार

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ७, खाँचीकोटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीच भवनको उद्घाटन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा र स्वास्थ्यको विकासले नै समुन्नति ल्याउने बताउनुभयो। उहाँले नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिँदै नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा जग्गादाता सीता केसी र धनबहादुर केसी तथा निर्माण व्यवसायी कविराम खनाललाई सम्मान गरिएको थियो। करिब २ करोडको लागतमा खनाल ब्रदर्श कन्स्ट्रक्सनले निर्माण गरेको उक्त भवन तोकिएको समयभन्दा ४ महिना अगाडि नै सम्पन्न गरेकोमा निर्माण व्यवसायी खनाललाई विशेष सम्मान गरिएको थियो।

उद्घाटन कार्यक्रमकै अवसरमा ओम पोलिक्लिनिकको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । वडा अध्यक्ष चुरा बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, महिला स्वयंसेविका तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार