मुख्य समाचार
भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो | प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट |

उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश

Ujyalosandeshonline 11900+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रीपरिषदमा समेत त्यसको असर परेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको एक उच्च सूत्रले बताएको छ । उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन् ।

उनकै दलका नेता सरोज यादव मधेश प्रदेशका मुख्यमन्त्री छन् । मधेशको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएलगत्तै उपप्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएको सूत्रले जानकारी दिएको छ ।

माओवादीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर आजै सरकारबाट समर्थन फिर्ता लिने भएको जानकारी प्राप्त भएको छ । एमालेका तर्फबाट मन्त्री रहेका नेताले पनि  राजीनामा दिने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै