मुख्य समाचार
गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान | कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ | कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने |

विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ

Ujyalosandeshonline 12075+ समाचार ( )
१ भाद्र २०८३, सोमबार

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बज्राचार्यको साथबाट अमेरिकी डलर चार हजार ३०० तथा पाण्डेको साथबाट पनि सोही बराबरको डलर बरामद भएको छ । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए १५ बाट काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीलाई विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई  आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद  मुद्रासहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रवक्ता सिलवालले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार