मुख्य समाचार
गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु |

रोहिणीको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला

Ujyalosandeshonline 11866+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

भैरहवा । रोहिणी गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख उपसचिव माधव वन्जाडेले राष्ट्रिय रुपमा बनेको पाठ्यक्रमले यहाँको आवश्यकता, यहाँको वास्तविक धरातललाई समेटन नसकेकाले कतिपय विषयवस्तु, स्थानीय भाषा, इतिहास, पेशा, व्यवसायलाई समेट्न स्थानीय पाठ्यक्रम आवश्यक रहेको बताए । उनले स्थानीय पाठ्यक्रमले आफ्नो गाउँठाउँप्रतिको मायाममता, अधिकारप्रति सचेत र कर्तव्यप्रति बोध गराउने बताए । 

त्यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति लागपरेको बताए । उनले स्थानीय पाठ्यक्रम महत्वपूर्ण विषय रहेकोमा जोड दिए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) का निर्देशक युवराज अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका शिक्षा समिति सदस्यहरु, पाठ्यक्रम निर्माण समिति सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार