मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन् : डा.महत

Ujyalosandeshonline 12338+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिषा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन् । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन् ।

उनले अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताए । त्यस्तै उनले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन् ।

उनले ‘यस्ता विषमा संसद अवरोध गर्नुपर्ने कुनै आधार नै छैन् । छानबिनको दायरामा उहाँ हुनुहुन्छ । आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छ । बिना आधारमा सामाजिक सन्जालमा फैलाइएको अफवाहकै आधारमा संसद अवरोध हुन थालेको छ । कहीं पनि यस्तो गर्न मिल्दैन ।’

उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए ।

‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन । उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ । यहाँ त न कुनै आरोप छ, न आधार छ । आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’महतले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार