मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मौसम बदलीः सात मापन केन्द्रमा भारी वर्षा

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ चैत्र २०८२, शुक्रबार

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ । त्यसमध्ये विभिन्न सात जिल्लामा भारी वर्षा मापन भएको छ ।जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी रुकुममा ५१ मिलीमिटर, म्याग्दीमा ७५, कास्कीमा ५७, नुवाकोटमा ५३, सङ्खुवासभामा ५८ र धनकुटाको मछुवाघाटमा ७४ मिलीमिटर वर्षा भएको छ । ५० मिलीमिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा भएको मानिन्छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार धेरै मापन केन्द्रहरूमा भारी उन्मुख वर्षा ४० देखि ५० मिलीमिटर वर्षा भएको बताउनुभयो । आज साँझदेखि देशभर नै बदली भएको तथा छिटफुट जिल्लाबाहेक धेरै ठाउँमा वर्षा भएको र यो क्रम शनिबार पनि जारी रहने उहाँले बताउनुभयो । उहाँका अनुसार यो समयमा हुरीबतास, चट्याङ र असिनापानीले असर गर्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार