मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

प्रधानमन्त्री कप क्रिकेट :
शसस्त्रद्वारा लुम्बिनी पराजित

Ujyalosandeshonline 12455+ समाचार ( )
११ माघ २०८०, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत बिहिबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा शसस्त्र प्रहरी क्लबले लुम्बिनी प्रदेशलाई  पराजित गरेको छ । शसस्त्रले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । 

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर मात्र खेल्दै १० विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए । यस्तै मृणाल गुरुङ्गले ३४ रन र बिराट भण्डारीले २३ रन बनाए ।  

लुम्बिनीलाई सस्तोमा समेटन् शसस्त्रका स्पिन बलर रमेश कुर्मिले सर्वाधिक ५ विकेट लिए । १० ओभरको आफ्नो स्पेलमा कुर्मिले २ मेडेन राख्दै २९ रन मात्र खर्चिए । यस्तै भुवन कार्कीले ३ विकेट तथा रोहित पौडेल र मौषम ढकालले समान १÷१ विकेट लिए । 

१ सय ३४ रनको लक्ष्य शसस्त्रले २२ दशमलव ३ ओभरमै मात्र ३ विकेटको क्षतिमा प्राप्त ग¥यो । शसस्त्रका कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ५२ रन बनाए । यस क्रममा उनले ४८ बलको सामना गर्दै एउटा छक्का र ४ वटा चौका प्रहार गरे । यस्तै पुरन बिकले अविजित ३३ रन र लोकेश बमले १६ रन बनाए । 

बलिङ तर्फ लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र एकलाख अहमद खाँ ले समान १÷१ विकेट लिए । ५ विकेट लिनुभएका शसस्त्रका बलर रमेश कुर्मि प्रतियोगिताको म्यान अफ द प्लेयर घोषित भए ।

यस संगै प्रधानमन्त्री कप अन्र्तगतको भैरहवामा हुने खेलहरु सकिएको छ । खेलको समापन कार्यक्रममा बोल्दे नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले नेपाल क्रिकेट संघ राष्ट्रिय प्रतियोगिताहरु काठमाण्डौं बाहिर गर्न प्रतिवद्ध रहेको बताए । यसको सुरुवात भैरहवाबाट भएको र भविष्यमा नेपालका अन्य शहरमा पनि आयोजना गर्दै लैजाने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार