मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नवलपरासीबाट रवि लामिछानेको उद्घोष: "देशको राजनीतिक इतिहास बदल्ने समय आयो"

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको राजनीतिक इतिहास बदल्ने बेला आएको उद्घोष गर्नुभएको छ । नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी निर्वाचन केवल कुनै व्यक्ति वा पार्टीको जितहारको विषय मात्र नभई जनता आफैँले आफ्नो भविष्यको नयाँ इतिहास लेख्ने एउटा महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

उपस्थित जनसमुदायको व्यापक उत्साह र चर्को नाराबाजीका बीच सम्बोधन गर्दै लामिछानेले आफूहरू सस्तो लोकप्रियताका लागि ठुला भाषण गर्न नभई जनताका आधारभूत समस्याहरू नजिकबाट बुझ्न र तिनको ठोस समाधान खोज्न मैदानमा आएको स्पष्ट पार्नुभयो ।

आगामी २१ गते हुने निर्वाचनका लागि अग्रिम शुभकामना व्यक्त गर्दै उहाँले पुराना राजनीतिक दल र नेताहरूले विगतमा गरेका बाचा र कामको गम्भीर मूल्याङ्कन गर्ने जिम्मा अब जनताकै हातमा रहेको उल्लेख गर्नुभयो । यसअघि पटक–पटक निर्वाचन जितेर गएकाहरूको काम र व्यवहारलाई आगामी २१ गते मतदानमार्फत उचित जवाफ दिन आग्रह गर्दै उहाँले देशले भोगिरहेको दुःख र सास्तीको अन्त्य गर्ने दिन नजिकिएको दाबी गर्नुभयो ।

मुलुकलाई आर्थिक र राजनीतिक स्थिरता तर्फ लैजान अब स्पष्ट मार्गचित्रका साथ अगाडि बढ्नुपर्नेमा लामिछानेले जोड दिनुभयो । उहाँले देशको चौतर्फी विकासका लागि ‘एउटै बहुमतको सरकार, एउटै चुनाव चिन्ह र एउटै प्रधानमन्त्री’ को अवधारणा अघि सार्दै राजनीतिमा व्यक्तिगत इच्छा र आकाङ्क्षा भन्दा माथि उठेर साझा मुद्दामा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

नयाँ शक्तिहरू मिल्नुपर्ने जनचाहना अनुसार नै आफूहरू कुनै स्वार्थ बिना अगाडि बढेको दाबी गर्दै लामिछानेले अबको राजनीति घोषणापत्रको पानामा मात्र सीमित नभई व्यवहारमा देखिने गरी परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय उम्मेदवारहरूको पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्दै उहाँले परिवर्तनका लागि जनताको सक्रिय साथ र समर्थन अनिवार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार