मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

वर्तमान सरकार कमिसनका भरमा सञ्चालित छ : महासचिव गुरुङ्ग

Ujyalosandeshonline 12612+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले वर्तमान सरकार कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सञ्चालन भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित पार्टीको लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिको छैठौं भेलामा बोल्दै उनले निवर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र  सुशासनको अभियान सुरु गरेपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुगेको कारण सत्ता परिवर्तनको निष्कर्षमा पुगेको बताए । 

उनले भने,‘अहिले कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सरकार सञ्चालन गर्न लागेका छन् । अहिले विदेशी अनुहारका मान्छेहरु आएर शासन गर्ने त होइनन् भन्ने चिन्ता छ । अहिले गर्ने भनेको त कमिसन छुट्याउने मात्र हो ।’

‘माओवादी नेतृत्वको सरकारले भष्टाचारी र कमिसनतन्त्रको विरुद्धमा काम थाल्यो । सुशासन कायम राख्न र भ्रष्टाचारलाई नियन्त्रण अभियान सुरु गर्न थाल्यो त्यसपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुग्ने भएपछि कांग्रेस–एमालेका नेताहरु अत्तालिने थालेका हुन् अनि सरकार परिवर्तन नगरिकन हुँदैन् भन्ने निष्कर्षमा पुगे,’महासचिव गुरुङले भने । 

महासचिव गुरुङ्ले माओवादीलाई समाप्त पार्न ओलीलाई अगाडि सारिएको आरोप पनि लगाए । पहिलेपनि माओवादीलाई समाप्त गर्न देउवालाई उभ्याएर सकिँदैन् भनेर उपेन्द्र यादव, माधव नेपालको पार्टी तोडफोड गरेर एमालेलाई ठूलो पार्टी बनाउन खोजेको गुरुङले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार