लुम्बिनी प्रवद्र्धनको लागि “बौद्ध सञ्चार यात्रा”

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

भैरहवा । लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित भैरहवा देखि लुम्बिनी सम्म पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको ९ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार “बौद्ध सञ्चार यात्रा” सम्पन्न भएको हो । 

त्रिपिटकमा पनि “बौद्ध सञ्चार यात्रा” को वर्णन गरिएको बताउदै यसैको अनुशरण गर्दै भैरहवा देखि १ सय ५० जना भन्दा बढीका सहभागितामा भैरहवा देखि लुम्बिनी सम्म करिब २४ किलोमिटर पदयात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले जानकारी दिए । “क्लबको स्थापना दिवसको अवसर पारेर कार्यक्रम गरिए पनि यसले समग्र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हाम्रो अपेक्षा रहेको छ ।” रायमाझीले भने “यो हामी यसै क्षेत्रमा बस्ने सञ्चारकर्मीहरुको दायित्व पनि हो ।”

लुम्बिनी पुगेका सञ्चारकर्मी लगायतका टिमलाई स्वागत गर्दैै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले लुम्बिनी संसारको शान्ती स्थापनाको मूख्य श्रोत लुम्बिनी भएको बताए । बुद्धको जन्मस्थल मात्र नभई बुद्धका उपदेशहरु पनि यहिबाट उदय भएको उनले बताए । “लुम्बिनी अहिले नेपालको मात्र नभई यसको अन्र्तराष्ट्रियकरण भईसकेको छ ।” उनले भने “विश्व सम्पदा सुचिकृत भएको यो स्थल शान्तीगामीहरुको लागि साझा स्थल हो ।”

यसमा लुम्बिनी प्रेस क्लबको यात्राले समग्र नेपालीलाई लुम्बिनीको प्रचार प्रसारमा थप सहयोग गर्ने उनले बताए । लामाले बौद्ध संचार यात्राले फेरि एपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको जनाए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरु सञ्चारकर्म संगै लुम्बिनीको पर्यटनको लागि गरेको कार्य सराहनिय रहेको बताए । अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको जनाए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दुःखकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभूति हुने जनाए । उनीहरुले पदयात्रा र शान्तिको सन्देश दिन तथा पर्यटन प्रबद्र्धनका लागि प्रेस क्लबले खेलेको भूमिका सह्रानीय रहेको जनाए ।

“पर्यटनका लागि शान्ती, शान्तीको लागि आध्यात्मिक मौल यात्रा” नारा दिईएको पदयात्रा भैरहवाको लुम्बिनी गेटबाट सुरु भई मायादेवी मन्दिरमा समापन भएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार