मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रूपन्देही सुपरलिगः एमसीसीको रवाफिलो जित

Ujyalosandeshonline 12611+ समाचार ( )
६ माघ २०८१, आइतबार

भैरहवा । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले सानदार जित हात पारेको छ । मेलवर्नले जेआर क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दै सानदार जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले मौसमका कारण ३२ ओभरमा छोट्याइएको खेलमा ३१ ओभर ५ बलमा सबै विकेट गुमाउँदै जम्मा ६२ रन बनायो । उसका लागि विनय जिसीले १८ र कुशल भूर्तेलले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, इकलाख अहम्मद वारिस र सन्दीप रजालीले समान २–२ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ११ ओभर २ बलमा विना क्षति ६३ रन बनाउँदै रवाफिलो जित निकाल्यो । उसको जितमा अमन खनालले अविजित २७ र आदित्य यादवले नटआउट २१ रनको योगदान गरे । खेलमा विपिन आचार्य म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार