मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

सुधारवादी आन्दोलनले जनताको जीवनमा सुधार ल्याउँछ’

Ujyalosandeshonline 12450+ समाचार ( )
५ माघ २०८१, शनिबार

काठमाडौं । अर्थविद् डा.गोपीलाल न्यौपानेले नेपालको इतिहासमा पहिलो पटक सुधारवादी आन्दोलनको सुरुवात गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सुधार आन्दोलन–नेपाल घोषणा कार्यक्रम उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनको लागि सुधारवादी आन्दोलनको सुरुवात गरेको भन्दै आन्दोलनले जनताको जीवनमा सुधार गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘आज हामी एउटा ऐतिहासिक दिनमा छौं । किनभने नेपाल परिवर्तन गर्ने नयाँ बाटो कोरिरहेका छौ । जनताको जीवनस्तरमा के गरेर परिवर्तन ल्याउन सकिन्छ त्यो विषयमा नयाँ चिन्तनको थालनी आज माघ ५ गतेबाट सुरु भएको छ । जबसम्म यो देश बाँचिरहन्छ, हामी बाँचिरहन्छौ तबसम्म नेपालको इतिहासमा पहिलो पटक सुधारवादी आन्दोलनको सुरुवात गरिरहन्छौं । यो आन्दोलनले जनताको जीवनमा सुधार गर्ने छ ।’ 

यसको साथै, जनताको जीवन सुधार गर्नको लागि पहिलो कुरा आर्थिक सुधार गर्नुपर्ने भन्दै त्यसको लागि ५० प्रतिशतले कर कटौती गर्नुपर्ने बताए । नेपालले दशकौंदेखि मुद्रास्फीति, गरिबी, अन्याय, धनी–गरीबको विभाजन, राजनीतिक नेपालले दशकौंको पक्षपात, न्यायिक विकृतिको सामना गरिरहेको पनि उनको भनाई छ । 

यसको साथै, राजनीतिक विश्लेषक डा. विजय मिश्रले नेपाल सरकारले गरिब जनताबाट कर लिने तर उद्योगपतिहरुको अर्बौ कर मिनाहा गर्नको लागि समिति बनाउने काम गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले भने, ‘बाहिर देशमा हेर्ने हो भने जति कर लिएको हुन्छ त्यो पछि फिर्ता हुन्छ तर नेपालमा सरकारले गरिब जनताबाट कर लिन्छन् तर उद्योगपतिहरुको अर्बौ कर मिनाहा गर्नको लागि समिति बनाउछन् । यसको बारेमा पनि कुरा उठ्नु पर्छ ।’

सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता डा.गान्धि पण्डितले पनि अब देशलाई परिवर्तन आवश्यक भएको भन्दै त्यसको लागि दृष्टिकोण, कार्यशैली, निर्वाचन पद्धती, अर्थतन्त्रको नीति र न्यायपालिकालगायतका क्षेत्र सुधार गर्न आवश्यक भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार