मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

संवाद यात्राले उत्साह जगायो, भरोसा बढायो : गगन थापा

Ujyalosandeshonline 12457+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सकेर काठमाडौं फर्किएका छन् ।

ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका थिए ।

यात्राको चरणमा शनिबार दाङ र बाँकेमा हुलाकी राजमार्ग आसपासका समुदायसँग संवाद गरी काठमाडौं फर्केको महामन्त्री थापाले जानकारी दिए ।

‘यसपटक खुला छलफल, उद्योग व्यवसाय,शिक्षा, स्वास्थ्य, कृषिलगायतको विषयमा सरोकारवालासँग अन्तरक्रिया, अवलोकनका साथै पार्टीको तल्लो तहमा क्रियाशील सदस्य,नेतृत्व चयन र पार्टी व्यवस्थापन तथा लिनुपर्ने नीतिका बारेमा सुझाव लिएर आएको छु,’ थापाले भने ।

थारु समुदासँग छलफल, सिक्टा सिंचाइ आयोजनाको अवलोकन र अन्तरक्रिया र जनप्रतिनिधि र जनसमुदायसँग संवादमा धेरै महत्त्वपूणर् विषय आएको उनले उल्लेख गरेका छन् । यात्राका क्रममा महामन्त्री थापाले केही कानुन, केही बजेट कार्यान्वयनमा अड्किएका विषयमा पार्टीले पहलकदमी लिनुपर्ने पनि उल्लेख गरे ।

‘संवाद यात्राबाट थप भरोसासहित उत्साह बोकेर आएको छु । जनचासो र सरोकारका विषयका बारेमा अब तत् तत् निकायमा निरन्तर झक्झकाउने छु। केही समयपछि यात्रालाई पुनः निरन्तरता दिनेछु,’ महामन्त्री थापाले भने । चैत्र १६ गतेदेखि थापा नेतृत्वको टोली संवाद यात्रामा थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार