मुख्य समाचार
७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन |

अनलाइनमार्फत सरुवाको निवेदन दिन आह्वान

Ujyalosandeshonline 12443+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

काठमाडौँ । भूमि व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेर अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको हो ।

“मन्त्रालयबाट सम्पादन हुँदै आएको सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरेको छ”, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “अनलाइन प्रणालीमार्फत मात्र सरुवासम्बन्धी कार्य सञ्चालन गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्नुहुन अनुरोध गरेको छ । अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै कारबाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार