मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

रासस 548+ समाचार ( )
१४ कार्तिक २०८२, शुक्रबार

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी, आलुलगायत बालीमा क्षति पु¥याएको छ । वर्षाले धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् । धान काटेर भित्र्याउने समयमा परेको वर्षाले धानसहित तोरी र आलुखेती पनि क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताउनुभयो । उहाँले भन्नुभयो, “नवलपरासीमा यो वर्ष २० हजार ४८० हेक्टरमा धानबाली लगाइएको थियो । अहिलेसम्म ६० देखि ७० प्रतिशतमात्र किसानले मात्र बाली भित्र्याएका छन् । बाँकी केही किसानले काटेर खेतमा राखेका र केहीले नकाटी ठडिएकै अवस्थामा छ ।” 

सबैभन्दा बढी क्षति वर्षाले ढलेको र काटेर खेतमा छाडेको धानबालीमा भएको चौबेले बताउनुभयो । ठडिएको धान घाम लागेपछि केही हदसम्म सुधार हुनसक्छ भन्दै पानीमा डुबेको धानलाई यो वर्षाले ठूलो क्षति गरेको उहाँले जानकारी दिनुभयो । साथै धान काटेर तोरी र आलु लगाउने समय भएकाले तोरी र आलुमा पनि यो वर्षाले असर गरेको उहाँको भनाइ छ ।  

पश्चिम नवलपरासीमा तीन हजार १३९ हेक्टरमा तोरी र एक हजार ७०२ हेक्टरमा आलुखेती हुने गरेको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो समय दलहन (दालखेती) लगाउने बेला हो, अहिलेको वर्षाले किसानलाई धान थन्काउन र तोरी, आलु लगाउन समस्या पारेको छ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार