मुख्य समाचार
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट |

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने नगरप्रमुख खाँको घोषणा

Ujyalosandeshonline 12522+ समाचार ( )
९ जेठ २०८३, शनिबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवालाई नेपालकै नमूना पर्यटकीय सहर बनाउने घोषणा गर्नुभएको छ । भैरहवामा सम्पन्न ‘भैरहवा सहर : उद्योग, पर्यटन र व्यापार’ नामक प्रथम भैरहवा बहसपछि साझा प्रतिबद्धता जारी गर्दै नगरप्रमुख खाँले आगामी नीति तथा कार्यक्रमबाटै यसका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । समता टेलिभिजन नेटवर्क, लुम्बिनीखबर पत्रिका र नेपाल वर्ड डटकमको संयुक्त आयोजना तथा अग्रज पत्रकार विजय पाण्डेको सहजीकरणमा सम्पन्न उक्त बहस कार्यक्रममा सरोकारवालाहरूले भैरहवाको समृद्धिका लागि यसलाई पर्यटकीय सहरकै रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थलमार्ग हुँदै सबैभन्दा धेरै तेस्रो देशका पर्यटक भित्रिने मुलुककै प्रमुख नाका बेलहिया भैरहवामै पर्ने र यहाँबाट नेपालभरि सिधा दिवा तथा रात्रिकालीन बस सेवा सञ्चालित रहेकाले यस क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याइएको छ । पर्याप्त संख्यामा रहेका तारे होटल, लक्जरी बस, क्यासिनो, स्पा र पर्यटकीय रेष्टुरेण्टहरूका कारण यहाँ दैनिक हजारौँ पर्यटकलाई आतिथ्यता दिन सकिने पूर्वाधार तयार छ । कार्यक्रमका सहभागीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानमा आन्तरिक उडान विस्तार गर्न नगर सरकारले पहल गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

बहसका क्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले सरकारबाट अर्बौँ रुपैयाँ भुक्तानी पाउन बाँकी रहे तापनि भैरहवालाई सुन्दर र पर्यटनमैत्री बनाउन निर्माण व्यवसायीहरू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । यस्तै, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले भैरहवाको व्यापारिक वातावरण पहिलेदेखि नै पर्यटनमैत्री रहेको उल्लेख गर्दै नगर सरकारले थोरै मात्र ध्यान दिएमा यसलाई नमूना सहर बन्न कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

महिला उद्यमी सलुजा रामदामले सिद्धार्थनगरलाई महिलामैत्री सहरको रूपमा विकास गरेमा पर्यटन र उद्यमशीलता थप फस्टाउने भन्दै नगरपालिकाले महिला उद्यमी प्रबद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो । कार्यक्रममा नागरिक समाज रुपन्देहीका अध्यक्ष आनन्द प्रसाद गुप्ता, वरिष्ठ साहित्यकारद्वय विजय सागर र रुद्र ज्ञवाली, पूर्व उपप्रमुख बुँद राना तथा सामाजिक अभियन्ता इशा खड्का लगायतका स्थानीय अगुवाहरूले समेत भैरहवालाई पर्यटकीय सहर घोषणा गर्न नगर सरकारलाई महत्वपूर्ण सुझावहरू दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार