मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

गोनहिया टोल सुधार समितिको पहिलो अधिवेशन सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर गोनहिया टोल सुधार समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिबार गोनहियामा सम्पन्न अधिवेशनले यस अघि गठित तदर्थ समितिलाई नै आगमी कार्यकालको लागि चयन गरेको छ । 

समितिको अध्यक्षमा बुद्धिसागर तेली, उपाध्यक्ष तारा पुन गाहा, सचिव राधेश्याम विश्वकर्मा र कोषाध्यक्षमा मोती बहादुर थापा मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा मान बहादुर थापा मगर, बिष्णुमाया थापा, राजेश हरिजन, संगीता पासी, सुरेन्द्र कहार, बोम कुमारी ठेडी मगर, मनोज हरिजन, रुपा मगर र मेकमाया सारु रहेका छन् । 

पहिलो अधिवेशनको उदघाटन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले टोल सुधार समितिले सरसफाईमा मात्र आफुलाई सिमित राख्न नहुने बताए । उनले आफ्नो टोल छिमेकमा रहेका विकृति बिसंगति हटाउने देखि यस विरुद्ध सचेतना फैलाउन पनि टोल सुधार समितिको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ९ गोनहिया पछिल्लो समय नगरवासीहरुको भ्रमणयोग्य गन्तब्यको रुपमा विकसीत हुदै गएको बताए । स्वच्छ वातावरणका कारण नगरका अधिकांश स्थानियहरुको मर्निङ्ग वाकको लागि गोनहिया आउने गरेको बताउदै स्थानियहरुले यसलाई सदूपयोग गर्नुपर्ने धारणा राखे । बिहानी भ्रमणका लागि आउनेहरुका लागि लक्षित गरि तरकारी देखि खाजा नास्ताका पसलहरु सञ्चालन गर्न उनले सुझाव दिए । 

गोनहिया टोल सुधार तदर्थ समितिका अध्यक्ष बुद्धि सागर तेलीको अध्यक्षता, वडा अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्यहरु युवराज बराल, बसुन्धरा शर्मा, वडा सचिव अब्दुल रसिद पठान, नगरपालिकाका रोजगार संयोजक खेमराज गैरै, कठौतिया टोल सुधार समितकिा अध्यक्ष चन्द्रो कहार, तिनकुने टोलसुधार समितिका अध्यक्ष रतनमान श्रेष्ठ, गोनहिया टोल सुधार समितिका सल्लाहकार देवसिंह गुरुङ्गले टोल सुधार समितिको महत्व तथा यसले खेल्ने भूमिका बारे चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव राधेश्याम विश्वकर्माले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार